Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • प्रदीप पौडेल पनि खुले गगन थापाको पक्षमा

    प्रदीप पौडेल पनि खुले गगन थापाको पक्षमा

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 543
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापा एकाएक बलियो पोजिसनमा पुगेका छन् ।

    कृष्णप्रसाद सिटौला समूहका एकमात्र सांसद प्रदीप पौडेलसमेत गगनको पक्षमा खुलेपछि उनी थप बलियो भएका हुन् ।



    दलको नेतामा शेखर कोइराला प्रस्तावक बन्दा विश्वप्रकाश शर्मासँगै प्रदीप पौडेल पनि समर्थक बसेका छन् । संस्थापनइतर समूहबाट यसअघि नेता कोइराला र थापा संसदीय दल नेताका लागि उम्मेदवार हुन खोजेका थिए।



    समूहबाट एक जना मात्रै उम्मेदवार बनाउन केही दिनदेखि संस्थापनइतर समूहको भेला हुँदै आएका थिए।संसदीय दलको नेताका लागि आज (मंगलबार) दिउँसो २ बजेदेखि ३ बजेसम्म

    सिंहदरबारस्थित दलको कार्यालयमा मनोनयन दर्ता गरिसक्नुपर्ने कार्यतालिका छ। आजै साढे ३ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार