Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • जापानविरुद्ध कडा सैन्य कदम चाल्ने उत्तर कोरियाको चेतावनी

    जापानविरुद्ध कडा सैन्य कदम चाल्ने उत्तर कोरियाको चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 558
    SHARES

    एजेन्सी । उत्तर कोरियाले जापानविरुद्ध कडा सैन्य कदम चाल्ने चेतावनी दिएको छ । जापानले आफ्नो राष्ट्रिय सुरक्षा रणनीति घोषणा गरेको चारदिनपछि प्योङयाङबाट यस्तो चेतावनी आएको हो ।

    जापानको सुरक्षा रणनीतिले आफ्नो सैन्य क्षमता तथा प्रतिआक्रमणलाई विफल बनाउन नीतिलाईं उच्च महत्व दिएको छ भने चीन र उत्तरकोरियाविरुद्ध थप आक्रामक बन्ने लक्ष्य लिएको छ ।



    उत्तरकोरियाली विदेशमन्त्रालयले राष्ट्रिय सुरक्षा रणनीतिमार्फत जापानले आत्मरक्षाका निम्ति नभई अन्य देशमा हमला गर्न आफ्नो सैन्य शक्ति विस्तार गरेको टिप्पणी गरेको छ ।



    मन्त्रालयका अज्ञात प्रवक्ताले जारी गरेको विज्ञप्तिमा अमेरिकाले जापानको सैन्य महत्वाकाङ्क्षा बढाएर कोरियाली प्रायद्वीपको शान्तिलाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार