Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ट्वीटरको सीईओ पदबाट राजिनामा दिने एलन मस्कको घोषणा

    ट्वीटरको सीईओ पदबाट राजिनामा दिने एलन मस्कको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 597
    SHARES

    काठमाडौं । एलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिने भएका छन् ।

    बुधबार बिहान ट्वीट गर्दै मस्कले सीईओबाट सकेसम्म छिटो राजीनामा दिने घोषणा गरेका हुन् । उनले सीईओका लागि अर्को व्यक्ति भेटिएसँगै राजीनामा दिने र आफूले सफ्टवेयर र सर्भर टिम हेर्ने बताए ।



    उनले ट्वीटर प्रमुखको भूमिकाबाट अलग हुँदा ठिक होला कि नहुँदा ठिक होला भनेर ट्वीटरमा भोटिङ पोल राखेका थिए र नतिजाको पालना गर्ने बताएका थिए ।



    त्यसमा ५७.५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिएका थिए । हुनु पर्दैन भन्ने पक्षमा ४२.५ प्रतिशत मत परेको थियो । अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि उनले ट्वीट गरेर सीईओ पदबाट राजीनामा दिने बताएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार