Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • छिमेकी देशमा कोभिड सङ्क्रमण बढेसँगै नेपालमा सतर्कता अपनाउन मन्त्रालयको अपिल

    छिमेकी देशमा कोभिड सङ्क्रमण बढेसँगै नेपालमा सतर्कता अपनाउन मन्त्रालयको अपिल

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 651
    SHARES

    काठमाडौं । विश्वका विभिन्न देशसहित छिमेकी देशमा कोरोना सङ्क्रमण बढेको भन्दै सरकारले नेपालमा पनि सावधानी अपनाउन आग्रह गरेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज बिहीवार विज्ञप्ति निकालेर नेपालमा अहिले सङ्क्रमण कम हुँदै गएपनि विश्वव्यापी रूपमा र छिमेकी देश भारत तथा चीनमा समेत नयाँ–नयाँ भेरियन्ट फैलिएकाले नेपाल पनि जोखिममा रहेको बताएको छ ।



    फरक स्वरूपमा देखिन थालेको सङ्क्रमणले जोखिम बढाएको भन्दै मन्त्रालयले मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम राख्न तथा खोप नलगाएको भए लगाउन आग्रह गरेको छ ।



    नेपाल प्रवेश गर्ने सीमा नाकाहरूमा रहेका हेल्थ डेस्क तथा स्वास्थ्य संस्थाले स्क्रिनिङ, निगरानी, सर्तकता बढाउन तथा आवश्यक तयारीमा रहन पनि मन्त्रालयले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार