Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • आन्तरिक छलफलमा जुटे प्रधानमन्त्री देउवा, नेतृत्वमा दाबी नछाड्न कांग्रेस नेताहरूको दबाब

    आन्तरिक छलफलमा जुटे प्रधानमन्त्री देउवा, नेतृत्वमा दाबी नछाड्न कांग्रेस नेताहरूको दबाब

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता समीकरणबारे आफू पक्षीय नेताहरूसँग छलफल थालेका छन् ।

    नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नछाडेपछि पार्टी सभापतिसमेत रहेका देउवाले आफू निकट नेताहरूसँग निचोडमा पुग्न छलफलमाजुटेका हुन् ।



    राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय दुई दिन बाँकी भएपछि देउवाले उपसभापति पूर्णबहादुर खड्का,



    नेता प्रकाशमान सिंह, क्याबिनेटका मन्त्रीहरू बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमाकान्त चौधरी र महिला नेतृ डीला संग्रौलासँग भेट गरेका हुन्।

    राष्ट्रपति भण्डारीले पुस १० गते ५ बजेसम्मका लागि सरकारको नेतृत्वमा दाबी गर्न समय दिएकी छन्। देउवाले भावी रणनीति तय गर्न आफू पक्षीय नेताहरूसँग सम्बादमा जुटेका छन्।

    सहभागी नेताहरूले कुनै पनि हालतमा प्रधानमन्त्री पद नछाड्न देउलाई सुझाव दिएका छन्।

    शुक्रबार बिहान खुमलटार पुगेका नेता सिंहलाई प्रचण्डले जसरी पन प्रधानमन्त्री पद चाहिने र नपाए गठबन्धनबाट निस्किने धम्की दिएका थिए। त्यसलगत्तै सिंह प्रचण्डको सन्देश लिएर बालुवाटार पुगेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार