Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सत्ता समीकरणबारे छलफल गर्न कांग्रेसले बोलायो सांसदको भेला

    सत्ता समीकरणबारे छलफल गर्न कांग्रेसले बोलायो सांसदको भेला

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 837
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले सत्ता समीकरणबारे छलफल गर्न सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको छ। कांग्रेसबाट निर्वाचित सांसदहरुलाई दिउँसो १२:३० बजे प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा बोलाएका हुन्।

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा बहुमतसहित दाबी गर्न दलहरूलाई आइतबार ५ बजेसम्मको समय दिएकी छन्। तर कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा दलहरूबीच शनिबार बिहानसम्म सहमति जुटेको छैन।



    सत्ता गठबन्धनका पाँच दलले गठबन्धनकै दलहरू मिलेर सरकार बनाउने बताउँदै आएका छन्। तर कसको नेतृत्व भने टुंग्याएका छैनन्। बालुवाटारको भेलामा सत्ता समीकरण र नयाँ सरकार गठनबारे छलफल हुने कांग्रेस स्रोतले जनाएको छ ।



    कांग्रेस संसदीय दलको निर्वाचनपछि कांग्रेस सांसदहरुको पहिलो पटक भेला हुन लागेको हो। कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच को प्रधानमन्त्री बन्ने रस्साकस्सी छ।

    सहमति नजुटे ‘साथ छोड्ने’र अर्को गठबन्धन बन्न सक्ने ‘घुर्की’पनि एकले अर्कोलाई दिइरहेका छन्। प्रधानमन्त्री बन्ने हठले दुईबीचको विवाद उत्कर्षमा पुगेको छ।

    चुनावपछिको सरकारको नेतृत्व आफूलाई दिने ‘पूर्वसहमति’ पालना गर्नुपर्ने प्रचण्डको अडान छ। यता कांग्रेस भने चुनावमा पहिलो पार्टी बनेकाले सरकारको पहिलो नेतृत्व कांग्रेसले गर्नुपर्ने अडानमा यथावत् छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार