Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • १५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै सकियो पत्रकार महासंघको महाधिवेशन

    १५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै सकियो पत्रकार महासंघको महाधिवेशन

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 834
    SHARES

    काठमाडौं । नेपाल पत्रकार महासंघको साधारणसभा सुर्खेत घोषणा जारी गर्दै सम्पन्न भएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रबार सुरु भएको साधारणसभा शनिबार सकिएको हो।

    साधारणसभाले महासचिव, कोषाध्यक्ष र लेखा समितिका संयोजकको प्रतिवेदन पारित गरेको छ । साधारणसभाले जारी गरेको घोषणापत्रमा तीनै तहका सरकार तथा राजनीतिक दलहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा नल्याएको भन्दै सचेत गराइएको छ।



    ‘अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन निर्माण गर्न तीनै तहका सरकारलाई पुनः आग्रह गर्दछ।’ घोषणामा भनिएको छ, ‘साथै, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र सूचनाको हक सुनिश्चित गर्न पनि माग गर्दछ।’



    इन्टरनेटका माध्यमको प्रयोग गरी प्रेस स्वतन्त्रता हननमा नयाँ चुनौतीहरू थपिएको भन्दै साधारणसभाले सचेततापूर्वक ‘डिजिटल’ माध्यमको प्रयोग गर्न आग्रह गरेको छ । साथै, सम्वद्ध निकायहरूलाई ‘डिजिटल’ माध्यममार्फत प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नमाथि कानुनी कारबाहीका लागि महासंघले माग गरेको छ।

    संविधान अनुसारका सञ्चार कानूनहरू तत्काल निर्माण गर्न र पुराना कानुनहरूमा सुधार ल्याउन पनि महासंघले सम्बन्धित पक्षसँग आग्रह गरेको छ।

    साना लगानीमा सञ्चालित स्वरोजगारमूलक तथा विभिन्न मातृभाषाका सञ्चार माध्यमको दिगो र भरपर्दो ढंगले सञ्चालन गर्नका लागि हाल सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन बृद्धि गर्न सरकारसँग माग गर्दै साधारणसभाले समानुपातिक विज्ञापन प्रणाली तत्काल लागू गर्न माग गरेको छ।

    ‘साथै छापा प्रकाशनलाई डिजिटल माध्यममा रुपान्तरण गर्न चाहेमा निरन्तरतासहितको मान्यता प्रदान गर्न सरकारसँग माग गर्दछ। ’ घोषणामा भनिएको छ। श्रमजीजी पत्रकारको निःशुल्क उपचार, दुर्घटना र स्वास्थ्य बिमाका सम्बन्धमा विगतमा नेपाल सरकारले गरेका निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि पनि माग गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार