Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • गगन थापा भन्छन् – युवा आलोचक बन्नु गलत होइन, तर समस्याको समाधान खोज्नुपर्छ

    गगन थापा भन्छन् – युवा आलोचक बन्नु गलत होइन, तर समस्याको समाधान खोज्नुपर्छ

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 648
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाले गुनासो गर्ने नभइ समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    उनले अहिलेका युवा भनेको देशको भविष्य भएकाले विद्यार्थी युवावर्गले समस्याको गुनासो गर्ने नभइकन समाधान गर्न के गर्ने भन्नेकुराको बारेमा सोच्न आवश्यक रहेको बताए ।



    उनले युवाहरु थाहा नै नपाइकन निन्दक बन्ने गरेको भन्दै निन्दक र आलोचकमा धेरै ठूलो भिन्नता हुने बताए ।

    युवा आलोचक बन्नु गलत नभएको तर आफ्नो, समाजको, आज र भविष्यको बारेमा सोचेर आलोचना गर्न उपयुक्त हुने महामन्त्री थापाको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार