Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बालुवाटारमा देउवा र प्रचण्डबीच छलफल सुरु, दुवैले ‘एमाले कार्ड’ खेल्दै

    बालुवाटारमा देउवा र प्रचण्डबीच छलफल सुरु, दुवैले ‘एमाले कार्ड’ खेल्दै

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 891
    SHARES

    काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निर्णायक छलफल सुरू भएको हो ।

    दुई नेताबीच ‘वान टु वान’ वार्ता भइरहेको छ । प्रधानमन्त्रीमा प्रचण्डले दाबी नछाडेपछि बिहान देउवाको सन्देश लिएर खुमलटार पुगेका कांग्रेस नेता विमलेन्द्रनिधिले राष्ट्रपति र प्रधानमन्त्री नछाड्ने बताएका थिए ।



    निधिको सन्देशपछि प्रचण्ड निर्णायक वार्ताका लागि बालुवाटार पुगेका हुन्। निधिले शनिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्किएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भलाकुसारीलाई माओवादी केन्द्रले ‘कार्ड’ का रुपमा खेल्न थालेको छ ।



    ओलीसँग सम्बन्ध सुधार भएको र एमालेले प्रधानमन्त्री पदका लागि माओवादी केन्द्रलाई प्रस्ताव गरेको भन्दै माओवादी केन्द्रले गठबन्धनमा आफ्नो ‘बार्गेनिङ पावर’ बढाएको छ ।

    उता, कांग्रेसले पनि एमालेसँग सम्बन्ध बढाएको छ । कांग्रेस नेता विमलेन्द्र निधि शनिबार एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए । गठबन्धन तोड्ने शर्तमा एमालेले कांग्रेसलाई समर्थन जनाउने आश्वासन दिएको कांग्रेस स्रोत बताउँछ ।

    निधिले आइतबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेर सहमतिका लागि लचक हुन आग्रह गरेको बताइन्छ । यद्यपि प्रचण्डले आफू पहिला प्रधानमन्त्री हुनुपर्ने अडान कायमै रहेको निधिलाई बताएका छन् ।

    एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग निधिको भेटवार्ता र गठबन्धनभित्र भागबण्डालाई लिएर भइरहेको गलफतीका विषयमा आइतबार बिहान कांग्रेस नेताहरु छलफलमा जुटेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार