Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कांग्रेसकै कारण संकटमा पाँच दलीय गठबन्धन, ओली निवासमा नेताहरुको लाइन

    कांग्रेसकै कारण संकटमा पाँच दलीय गठबन्धन, ओली निवासमा नेताहरुको लाइन

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेससहितको पाँच दलीय सत्ता गठबन्धन टुट्ने संकेत देखिएको छ । निर्वाचनपछिको नयाँ सरकारमा दलीय भागवण्डा नमिलेपछि गठबन्धन नै संकटमा परेको हो ।

    प्रमुख दल नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री आफैले पाउनुपर्ने अडान राखेपछि गठबन्धनमा कुरा नमिलेको एकीकृत नेकपा माओवादीको दावी छ । त्यसैले पनि माओवादी अध्यक्ष बालुवाटरको बैठक छाडेर ओली निवास बालकोट पुगेका छन् ।



    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बैठकबाट बाहिरिएका प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार अपरान्ह ५ बजे सकिँदैछ ।



    माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने प्रयासमा छन् । त्यसका लागि हालको सत्तारुढ गठबन्धनमा सहमति नजुटेपछि उनी एमालेसँग सहकार्यका लागि बालकोट गएका हुन् । प्रचण्ड बालकोट पुगेसँगै निर्वाचनमा समेत गठबन्धन गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन संकटमा परेको छ ।

    यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि ओली निवास पुगेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीको २० सिट रहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीमा १४ सिट रहेको छ ।

    नेकपा एमालेको ७८ र माओवादीको ३२ सिट रहेको छ । यस्तो अवस्थामा एमाले, माओवादी, रास्वपा र राप्रपा मिलेको खण्डमा सहजै सरकार बन्न सक्छ । ओलीले प्रचण्डलाई प्रधानमन्त्रीमा सघाएको खण्डमा पाँच दलीय गठबन्धन टुट्ने देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार