Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • दलको नेतामा हारे पनि आजको समाचारले चित्त बुझाएँ, पोखरामा ढुक्क छ : गगन थापा

    दलको नेतामा हारे पनि आजको समाचारले चित्त बुझाएँ, पोखरामा ढुक्क छ : गगन थापा

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 774
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलको नेतामा चुनाव हारेर आँत्तिनु नपरेको बताएका छन् । पोखरामा जारी साहित्य महोत्सवलाई आइतवार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

    उनले संसदीय दलको चुनावमा हारे पनि आज सत्ता गठबन्धन टुटेको समाचार चित्त बुझेको बताएका छन्। ‘मैले संसदीय दलको चुनाव हारे पनि आजको समाचारले चित्त बुझेको छ’, उनले सम्बोधनका क्रममा भने।



    उनले सत्ता गठबन्धन टुटेसँगै अब खुमलटार र बालकोटको दौड पनि गर्नु नपर्ने उनले बताए। ‘म यता आएको थिएँ, उता धेरै थोक भएछ। म दलको नेता भएको भए खुमलटारबाट बालकोटको दौडधूपबीच आउलान् नआउलान् भनेर आत्तिनुपर्थ्यो, अब त ढुक्क भयो’, उनले भने, ‘अब चित्त बुझाउने हो। चित्त बुझाउने यो तरिका पनि अपनाउनुपर्छ काठमाडौंका मान्छेले।’



    कांग्रेस संसदीय दलको चुनावपछि गठबन्धनलगायत कुनै पनि बैठकमा सभापति शेरबहादुर देउवाले महामन्त्रीहलाई सहभागी गराएका थिएनन् । त्यहीकारण महामन्त्री थापा आइतबार पोखरामा छन् ।

    आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पहलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशको ४४औँ प्रधानमन्त्री बनेका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

    दाहालले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार