Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • विवादका बीच १०० करोडमा बिक्योफिल्म ‘पठान’ को ओटीटी राइट्स

    विवादका बीच १०० करोडमा बिक्योफिल्म ‘पठान’ को ओटीटी राइट्स

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 903
    SHARES

    मुम्बई । शाहरुख खानको  फिल्म ‘पठान’ को ओटीटी राइट्स सय करोडमा बिक्री भएको छ । अमेजन प्राइमले फिल्मको राइट् यति महंगो मूल्यमा किनेको हो ।

    यो फिल्म मार्चको अन्त्यमा या अप्रिलको सुरुवातमा ओटीटीमा प्रसारण हुनेछ । शाहरुख ‘पठान’मार्फत चार वर्षपछि ठूलो पर्दामा कमव्याक गर्दैछन् । उनका फ्यानहरु यो फिल्मलाई लिएर निकै उत्साहित छन् । शाहरुख यसअघि सन् २०१८ मा रिलिज फिल्म ‘जीरो’मा देखिएक थिए ।



    फिल्म करिब २ सय ५० करोड भारतीय रुपैयाँको लगानीमा बनेको निर्माण पक्षले बताएको छ । फिल्मको मिडिया राइट्स पनि सय करोडमा बिक्री भएको छ । यो फिल्ममा दीपिका पादुकोण र जोन अब्राहमको पनि अभिनय छ ।



    फिल्म आगामी २५ जनवरीमा रिलिज हुँदैछ । रिलिज हुनुअघि नै फिल्मको धेरै आलोचना भइरहेको छ ।

    फिल्मको पहिलो गीत ‘बेशरम रंग’ रिलिज हुनासाथ सुरु भएको विवादले निरन्तरता पाइरहेको छ । फिल्मको उक्त गीतमा अभिनेत्री दीपिका पादुकोणले लगाएको बिकिनीको रंगलाई लिएर विवाद सुरू भएको थियो । सोही कारण फिल्मलाई प्रतिबन्ध लगाउन भारतको विभिन्न ठाउँमा माग भइरहेको छ ।

    बिकिनीमा केसरजस्तो पवित्र रङ प्रयोग गर्न नपाइने उनीहरूको भनाइ छ । गीत परिवर्तन नगरे फिल्म रिलिज हुन नदिने समेत बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार