Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बाबुराम भट्टराई भन्छन्-  यो सरकार एकदम राम्रो बन्छ

    बाबुराम भट्टराई भन्छन्-  यो सरकार एकदम राम्रो बन्छ

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ सरकार एकदम राम्रो बन्ने बताएका छन्।

    संघीय संसद भवनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा को-को शपथ खान जाने भन्ने विषयको छलफलपछि भट्टराईले उक्त प्रतिक्रिया दिएका हुन्।



    बैठकबाट बाहिरिएका भट्टराईले भने, ‘यो एकदमै राम्रो बन्छ सरकार। अहिले साथीहरु छलफल गरिरहनु भएको छ। कति जनाले प्रमसँगै सपथ खाने भनेर छलफल भइरहेको छ।’



    सत्ता गठबन्धनभित्र मन्त्रालयको भागबन्डाबारे अझै सहमति जुट्न सकेको छैन । सोमबार अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

    यसअघि मन्त्रालय बागबन्डा गर्न गठबन्धन आवद्ध दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा जारी बैठकमा मन्त्रालय भागबन्डा गर्ने विषयमा सहमति भइसकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार