Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • स्वदेशमै रोजगारी सिर्जना नभएसम्म वैदेशिक रोजगारी रोकिन्न : शेरबहादुर कुँवर

    स्वदेशमै रोजगारी सिर्जना नभएसम्म वैदेशिक रोजगारी रोकिन्न : शेरबहादुर कुँवर

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 582
    SHARES

    काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले श्रम प्रशासनको प्रभावकारी कार्यान्वयन गर्ने गरी काम सुरु भएको दावी गरेका छन्।

    सोमबार मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा बोल्दै कुँवरले यस्तो बताउका हुन् । उनले सबै श्रम कार्यालयबाट वैदेशिक रोजगारका लागि श्रम स्वीकृति प्रदान गर्नेदेखि श्रम क्षेत्रलाई व्यवस्थित गर्ने कामको सुरुवात आफ्नो कार्यकालमा भएको दावी गरे।



    श्रमको सम्मान गर्दै स्वदेशमै रोजगारी गर्न उत्प्रेरित गर्ने उदेश्यकले श्रमको सम्मान राष्ट्रियको अभियान कार्यक्रम सञ्चालन भइरहेको बताए। उनले पूर्ण रूपमा देशभित्रै आन्तरिक रोजगारको सुनिश्चित नहुदासम्म बाध्यात्मक रुपमा वैदेशिक रोजगारमा जाने प्रक्रिया रोक्न सकिने अवस्था नभएको बताए।



    रोजगारी सिर्जना गर्ने चुनौती अहिले पनि विद्यमान देखिएको भन्दै यसमा ध्यान केन्द्रित गर्नुपर्ने उनले बताए। मन्त्रालयमा आउनु र जानु स्वभाविक रहेको भन्दै उनले जुनसुकै भूमिकामा रहेपनि मुलुकप्रति समर्पित भएर काम गर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार