Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • अब राति ११ बजेपछि चलचित्र देखाउन हललाई पूर्वअनुमति नचाहिने

    अब राति ११ बजेपछि चलचित्र देखाउन हललाई पूर्वअनुमति नचाहिने

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 588
    SHARES

    काठमाडौं । चलचित्र विकास बोर्डले स्वदेशी तथा विदेशी फिल्म सेन्सर सिफारिस लिनुपर्ने नियम संशोधन गरेको छ।

    सोमबार बसेको बोर्डको बैठकले एक साताअघि नै फिल्म सेन्सर गर्नुपर्ने नियम संशोधन गरेको हो। अब चार दिनअघि दरखास्त पेश गर्नुपर्ने गरी निर्णय गरिएको छ।



    प्रदर्शक संस्था चलचित्र संघ चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै विरोधमा उत्रिएको बेला भुवन केसीको अध्यक्षतामा बसेको बैठकले सेन्सरको नियममा लचिलो बन्ने निर्णय गरेको हो ।



    यसैगरी, सोही बैठकमा बेलुकी ११ बजेभन्दा पछि फिल्म प्रदर्शन गर्नुपर्दा आवश्यक शान्ति सुरक्षाको व्यवस्था सुनिश्चित हुने गरी प्रदर्शकले फिल्म चलाउन पाउने जानकारी गराइएको छ।

    यसअघि बेलुका ११ बजेसम्म सकिने गरी फिल्म प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई चलचित्र विकास बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार