Online Nepal
  • बुधबार, २४ जेष्ठ २०८०
  • मंगलबार ५९ अंकले बढ्यो सेयर बजार, ३ अर्ब ८८ कराेड रुपैयाँकाे काराेबार

    मंगलबार ५९ अंकले बढ्यो सेयर बजार, ३ अर्ब ८८ कराेड रुपैयाँकाे काराेबार

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 333
    SHARES

    काठमाडौं । नयाँ सरकार गठन भएसँगै बढ्न थालेको शेयर बजार आज मङ्गलवार दोस्रो दिन पनि उच्च अङ्कले बढेको छ ।

    नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन हिजो साेमवार ५६ दशमलव ८८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ५९ दशमलव ८७ अङ्कले बढेर एक हजार नाै सय ८३ दशमलव ९५ विन्दुमा पुगेको छ ।



    यस्तै कारोबार रकममा पनि उल्लेख्य बढोत्तरी भएको छ । आज २६१ कम्पनीको ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९९७ रुपैयाँ बराबरको १ करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर ६३ हजार ६७ पटकमा किनबेच भएको छ।



    अघिल्लो दिनको कारोबारमा २ अर्ब माथि सेयर खरिद बिक्री भएको थियो ।

    बढ्दो बजारमा आज कारोबार भएका २०२ कम्पनीको सेयर मूल्य बढेका छन् भने ८ कम्पनीको मूल्य घटेको छ । सिद्धार्थ इन्स्योरेन्स, मल्टीप्रपोज फाइनान्स, अजोड इन्स्योरेन्स, सृजनशील लघुवित्त, धौलागिरि लघुवित्तको सेयरले सर्किट लेभलमा कारोबार गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार