Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • काकीको हत्या गरेको आरोपमा भतिज पक्राउ

    काकीको हत्या गरेको आरोपमा भतिज पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 1.7K
    SHARES

    धनुषा । धनुषामा काकीको हत्या गरेको आरोपमा भतिज पक्राउ परेका छन् ।

    ३० वर्षीया काकी कवितादेवी साहको हत्या गरेको आरोपमा विदेह नगरपालिका ७ का २० वर्षीय दीलिपकुमार पक्राउ परेका हुन् ।



    यसअघि प्रहरीले सोमवार बेलुकी कवितादेवीको आफ्नै घरमा करेन्ट लागेर ज्यान गएको र उनकी १४ महिनाी छोरी घाइते भएको भएका थिए । तर यस घटनाको अनुसन्धान गर्दै जाँदा दीलिपले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



    प्रहरीको अनुसन्धान टोली घटनास्थलमा पुग्दा अनुहारमा गहिरो चोट लागेको अवस्थामा कवितादेवीको शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार