Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • विकास बोर्डको स्वास्थ्य बिमा पाउने पहिलाे कलाकार बने रामचन्द्र

    विकास बोर्डको स्वास्थ्य बिमा पाउने पहिलाे कलाकार बने रामचन्द्र

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 714
    SHARES

    काठमाडौं । अभिनेता रामचन्द्र अधिकारी चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो कलाकार बनेका छन् ।

    सरकारले विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्ने कलाकारलाई स्वास्थ्य बीमा सुविधा दिने घोषणा यसअघि गरेको थियो । जसअनुसार अधिकारीलाई बीमा कम्पनीले ४६ हजार ६०० रुपैयाँ प्रदान गर्यो ।



    विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीहरूलाई बोर्डले विभिन्न किसिमका सुविधा प्रदान गर्ने योजनाअनुरूप स्वास्थ्य बीमाको कार्यक्रम ल्याएको थियो ।



    यस कार्यक्रमअन्तर्गत विशिष्ट परिचयपत्र प्राप्त गर्ने जम्मा एक सय दुईजना चलचित्रकर्मीमध्ये ९८ जनाको बीमा गरिएको थियो ।

    चालु बीमा कार्यक्रमअन्तर्गत अस्पतालमा भर्ना भई उपचार गर्नुपर्दा ६५ हजार र भर्ना नभई उपचार गर्नुपर्दा ३५ हजारसम्म गरी जम्मा एक लाख रुपैयाँ प्राप्त गर्न सकिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार