Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • शेयर बजार ५६ अङ्कले बढेर २ हजार विन्दुभन्दा माथि, १० कम्पनीमा लाग्याे सर्किट

    शेयर बजार ५६ अङ्कले बढेर २ हजार विन्दुभन्दा माथि, १० कम्पनीमा लाग्याे सर्किट

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 591
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबारको दिन उल्लेख्य बढेको छ ।

    साताको अन्तिम कारोबारमा सेयर बजार परिसूचक ५६ अंकले बढेको हो । शेयर बजार परिसूचक नेप्से आज ५६ दशमलव ८८ अङ्कले बढेर दुई हजार २९ दशमलव शून्य तीन विन्दुमा पुगेको छ ।



    साताको सुरुवातको दिन सोमबार ५७ अकं तथा मंगलबार ६० अंकले बढेको थियो यस्तै दुई दिन १ सय १७ अकंले बढेको बजार बुधबार भने करेक्सन हुँदै ११ अकंले घटेको थियो ।



    आज २५७ कम्पनीको २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ८० लाख २४ हजार ५५९ कित्ता सेयर ४५ हजार ९४४ पटकमा खरिद बिक्री भएको छ ।

    नेप्सेको अनुसार यसरी बजार बढ्दा १० कम्पनीको सेयर सकारात्मक सर्किट लागेकाे छ ।

    सर्किट लाग्ने कम्पनीहरु क्रमश: हुर्जा, सानिमा लाइफ इन्स्योरेन्स, सृजनशिल लघुवित्त, धौलागिरी लघुवित्त, अजोड इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, स्वेत गंगा हाइड्रोपावर, रिलायन्स लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र छ्याङ्दी हाइड्रोपावर रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार