Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बीपीका पदाधिकारीलाई स्वास्थ्य मन्त्रालयको २४ घण्टे स्पष्टीकरण

    बीपीका पदाधिकारीलाई स्वास्थ्य मन्त्रालयको २४ घण्टे स्पष्टीकरण

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 849
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार र अस्पताल निर्देशकलाई स्पष्टीकरण सोधेको छ ।

    मन्त्रालयले काठमाडौको महाराजगञ्जस्थित बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका निर्देककलाई पनि २४ घण्टाभित्र स्पष्टीकरण माग गरेको छ ।



    आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासमा सञ्चालित विकास कार्यक्रम र आयोजनाहरुको समीक्षा बैठकमा प्रतिष्ठानका पदाधिकारी उपस्थित नभएको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार र अस्पताल निर्देशकसँग स्पष्टीकरण माग गरेको हो ।



    ‘उपसमितिजस्तो महत्वपूर्ण बैठकमा के कति कारणले उपस्थित हुन नसकेको हो ? सो को स्पष्टीकरण पत्र प्राप्त भएको २४ घण्टाभित्र पठाउन मन्त्रालयको सचिव स्तरको निर्णयअनुसार जानकारी गराइन्छ ,’ मन्त्रालयको पत्रमा भनिएको छ ।

    हेर्नुहोस् पत्र

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार