Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नक्कली प्रोक्सी विवादमा मुछिए सेञ्चुरी बैंकका सिइओ न्यौपाने, अशोक शेरचनको भूमिकामाथि उठ्यो प्रश्न

    नक्कली प्रोक्सी विवादमा मुछिए सेञ्चुरी बैंकका सिइओ न्यौपाने, अशोक शेरचनको भूमिकामाथि उठ्यो प्रश्न

    गुपचुप रुपमा सकियो सेञ्चुरी बैंकको साधरणसभा

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको १२औं साधरणसभा गुपचुप रुपमा सम्पन्न भएको छ । राजधानीको आर्मी अफिसर्स क्लब भद्रकालीमा आज सम्पन्न साधरण सभाले सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने सम्झौंता समेत पारित गरेको छ ।

    काठमाडौंमा सम्पन्न सभाले सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।



    गुपचुप रुपमा केहीबेरमै सम्पन्न भएको साधरणसभा विवादमा परेको छ । दुई बैंकबीच मर्जर प्रक्रिया अगाडि बढिरहेका बेला गुपचुप रुपमा साधरणसभा गरिएको भन्दै सेयरधनीहरुले नै विरोध गरेका छन् ।



    बैंकले पौष १४ गते वार्षिक साधरण सभा गर्ने भन्दै यसअघि जारी सूचनामा रहेका केही प्रस्तावहरु गैरकानुनी रहेको भन्दै धेरैजसो शेयरधनीहरुले विरोध गरिरहेका थिए । विरोधका बाबजुद पनि बैंकले साधरणसभा गरेर सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने सम्झौंता समेत पारित गरेपछि एक शेयरधनी सदस्यले कम्पनी रजिष्ट्रारको कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

    बैंक व्यवास्थापन समिति र सञ्चालकहरु मिलेर अधिकांश शेयरधनी सदस्यहरुको विरोधलाई वेवास्ता गर्दै नयाँ प्रोक्सी (प्रतिनिधि पत्र) दर्ता गराई साधरणसभा सम्पन्न गराएको उजुरीमा उल्लेख छ ।

    स्रोतका अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले पनि नयाँ प्रोक्सी बनाउन मौन समर्थन जनाएका थिए । न्यौपानेलाई प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले दबाब दिएको पनि स्रोतको दावी छ । कुनै पनि हालतमा आफ्नो कार्यकाल लम्ब्याउनका लागि शेरचनले न्यौपानेलाई दबाब दिएर हतार हतार साधरणसभा सम्पन्न गराएको स्रोतले बतायो ।

    शेरचनकै दबाबमा न्यौपानेले सेटिङमै केही कर्मचारीलाई मध्यरातमा बैंक प्रवेश गराई नयाँ प्रोक्सी दर्ता गराएको स्रोतले बतायो ।

    पुस ११ गते राती सेन्चुरी कमर्सियल बैंकको केन्द्रिय कार्यालय पुतलीसडकमा ५ जना कर्मचारी बैंक प्रवेश गरि नक्कली प्रोक्सी दर्ता गरेको सूचना यस अघि नै लिक भएको थियो ।

    साधरण सभालाई चाहिने ५१ प्रतिशत शेयर संख्या पुर्याउन पुस ११ गते राती पुतलीसडकस्थित कार्यालयमा बसेर उपत्यका बाहिर भएका शेयर धनीहरुको नक्कली हस्ताक्षर गरि प्रोक्सी बनाएको स्रोतको दाबी छ ।

    नक्कली प्रोक्सी छानबिन गरि तत्काल बदर गर्न माग गर्दै एक शेयरधनीले कम्पनी रजिस्ट्रारको कार्यालयमा उजुरी समेत गरेका थिए । १२ गते नै कम्पनि रजिष्ट्रारको कार्यालयमा उजुरी दर्ता भए पनि बैंकले आज साधरणसभा भने सम्पन्न गरिसकेको छ ।

    के हो प्रोक्सी पत्र
    शेयरधनी वार्षिक साधारण सभामा उपस्थित हुन नसक्ने अवस्थामा शेयर धनीले प्रतिनिधिलाई खटाउन नियुक्ती पत्र दिनुपर्ने हुन्छ । त्यही नियुक्ती पत्रलाई बैंकिङ भाषामा प्रतिनिधि पत्र ९प्रोक्सी फारम० भनिन्छ । वार्षिक साधारण सभामा हुने छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने शेयर धनीले मतदानका लागि प्रोक्सी फराम भरेर प्रतिनिधि पठाउनुपर्छ ।

    सिइओ न्यौपानेको समूहमाथि काठमाडौं बाहिर हुने अधिकांश शेयर सदस्यको यस्तै प्रोक्सी कागजात बनाएको आरोप लगाउँदै ती शेयरधनीले पुस १२ गते कम्पनीमा उजुरी दर्ता गराएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार