Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • अछामको बयालपाटा अस्पताललाई देशकै सर्वोत्कृष्ट अवार्ड

    अछामको बयालपाटा अस्पताललाई देशकै सर्वोत्कृष्ट अवार्ड

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 816
    SHARES

    काठमाडौं । अछामको बयालपाटा अस्पतालले देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा कर्पोरेट क्लब नेपालले अस्पताललाई देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्रदान गरेको हो।

    द एचआएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स–स्वास्थ्य नाम दिएको उक्त अवार्ड उपरास्ट्रपति नन्दबहादुर पुनले बयालपाटा अस्पताललाई प्रदान गरे।



    कर्पोरेट क्लब नेपालले गत वर्षदेखि देशभरमा विभिन्न सामाजिक विधा तथा क्षेत्रमा उत्कृष्ट काम गर्ने संस्थाहरुलाई अवार्ड प्रदान गर्दै आइरहेको छ।



    स्वास्थ्य विधातर्फको अवार्ड छनोटका लागि सम्बन्धित क्षेत्रबाट विज्ञहरुको मुल्यांकन समिति गठन गरिएको थियो। बयालपाटा अस्पतालसँगै धुलिखेल अस्पताल र अन्नपूर्ण न्युरो एण्ड इलाइट अस्पताल मनोनयनमा परेका थिए।

    बयालपाटा अस्पतालमा सुदुरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका केही जिल्लाका बिरामीले निशुल्क स्वास्थ उपचार लिंदै आएका छन्।

    स्वास्थको क्षेत्रमा नमुना बनेको अस्पताललले बाहिरंग सेवा तथा २४ सै घण्टा अन्तरग, आकस्मिक, प्रयोगशाला तथा एक्सरे सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार