Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • कम्बोडियाको क्यासिनो भवनमा आगलागी हुँदा झापाका पाण्डेको मृत्यु

    कम्बोडियाको क्यासिनो भवनमा आगलागी हुँदा झापाका पाण्डेको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 2.2K
    SHARES

    काठमाडौं । कम्बोडिया र थाइल्यान्ड सीमा नजिकैको एक क्यासिनोमा भीषण आगलागी हुँदा झापाका निराकर पाण्डेको ज्यान गएको छ।

    कम्बोडियास्थित पोइपेट सहरको ग्राण्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा बुधबार राती आगलागी हुँदा झापा बिर्तामोड नगरपालिका १ निवासी ४० वर्षीय निराकर पाण्डे ज्यान गएको हो।



    सो क्यासिनोमा आगलागी हुँदा पाण्डेसहित १९ जनाको मृत्यु भएको छ भने ६० बढी घाइते भएका छन्। पाण्डे बिर्तामोड नगरपालिका–१ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा हुन्।



    उनले पटक पटक घरका परिवारजन र साथीभाइसँग भिडियो कलमार्फत कुराकानीसमेत गरेका थिए।

    होटेलबाट बाहिर निस्किने सबै ढोकाहरू बन्द भएको र अब बाच्ने कुनै सम्भावना नरहेपछि उनले आफूलाई बचाउन होटेलको १२ तलाबाट हाम फालेका थिए।

    होटेलबाट हाम फाल्नुअघि उनले परिवारजनसँग एक घण्टा बढी लामो गफगाफ गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार