Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • फ्राईडे रिलिज : आर्यन र उपासना स्टारर फिल्म ‘डिसेम्बर फल्स’ प्रदर्शनमा

    फ्राईडे रिलिज : आर्यन र उपासना स्टारर फिल्म ‘डिसेम्बर फल्स’ प्रदर्शनमा

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 606
    SHARES

    काठमाडौं । आज शुक्रवार नेपाली सिनेमाहलमा फिल्म ‘डिसेम्बर फल्स’ प्रदर्शन भएको छ।

    हलमा अन्य फिल्म रिलिज नहुँदा आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको यस फिल्मले सोलो प्रदर्शनको मौका पाएको हो।



    नेपालका मल्टिप्लेक्सहरुमा फिल्मले उत्साहजनक शो पाएको छ। देशकै सबैभन्दा ठूलो चेन क्यूएफएक्सले देशभर २० शो दिएको छ।



    २ घण्टा १५ मिनेट रनटाइम रहेको फिल्मले सुखी र व्यवस्थित जीवन बाँचिरहेकी नर्सको जीवनमा उसको विगतले पछ्याउँदै आउँदा उत्पन्न हुने उतारचढावको कथा प्रस्तुत गर्छ ।

    भारतीय फिल्मकर्मी प्रवीण झाद्वारा निर्देशित फिल्ममा आर्यन र उपासनाका साथै सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतको अभिनय छ।

    रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’ को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार