Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सुदूरपश्चिम प्रदेशसभा सदस्यले लिए पद तथा गोपनीयताको शपथ

    सुदूरपश्चिम प्रदेशसभा सदस्यले लिए पद तथा गोपनीयताको शपथ

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 390
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाको हलमा शुक्रबार दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले शपथ गराएका हुन् ।

    ज्येष्ठ सदस्यका रूपमा रावलले शुक्रबार नै प्रदेश प्रमुख देवराज जोशीसँग शपथ लिएका थिए । रावलले प्रदेश सभका अन्य ५२ सांसदलाई शपथ गराएका हुन् ।



    ४६ जनाले नेपाली भाषा र ६ जनाले आफ्नो मातृभाषामा शपथ लिएका छन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ३२ प्रत्यक्ष र २१ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका सदस्य छन् ।



    प्रदेशसभामा ६ दलको सहभागिता छ । १९ सिट ल्याएको नेपाली कांग्रेस प्रदेश संसद्मा सबैभन्दा ठूलो दलका रूपमा रहेको छ । यसैगरी, ११ सिट ल्याएको माओवादी केन्द्र दोस्रो स्थानमा रहेको छ भने १० सिट ल्याएको एमाले तेस्रो स्थानमा छ ।

    सुदूरपश्चिम प्रदेशसभामा चौथो दलका रूपमा नागरिक उन्मुक्ति पार्टी रहेको छ । उक्त पार्टीका ७ जना सांसद छन् ।

    ४ जना सांसद रहेको एकीकृत समाजवादी पाँचौ स्थानमा छ भने प्रत्यक्षतर्फ नजिते पनि समानुपातिकबाट राप्रपाका एक जना सांसद निर्वाचित भएका छन् । त्यस्तै एक जना स्वतन्त्र सांसद छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार