Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • क्याम्बोडियाको क्यासिनोमा मृत्युअघि छोरालाई निराकारको अर्ती – कसैलाई ‘चिट र फ्रड’ नगर्नू

    क्याम्बोडियाको क्यासिनोमा मृत्युअघि छोरालाई निराकारको अर्ती – कसैलाई ‘चिट र फ्रड’ नगर्नू

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 2K
    SHARES

    काठमाडौं । कम्बोडियाको एक होटलमा भएको आगलागीमा परि झापा घर भएका निराकार पाण्डेको ज्यान गएको छ । ग्रान्ड डायमन्ड सिटीको भवनमा आगलागी हुँदा ज्यान गुमाएका १९ जनामध्ये एकजना झापाका पाण्डे हुन् ।

    आगलागी भएको ठाउँ कम्बोडिया र थाइल्यान्डको सीमा नजिकै पर्छ । विर्तामोड नगरपालिका वडा नम्बर १ झापाका पाण्डेले ज्यान जानुअघि आफ्नो परिवारसँग भाइवरमार्फत् गर्नुभएको भिडियो कलको रेकर्ड पनि सार्वजनिक भएको छ ।



    भिडियो कलमा पाण्डेले आफू होटलको १२औँ तलामा रहेको र अब त्यहाँबाट हामफाल्नुको विकल्प नरहेको बताएका थिए । अन्तिम समयमा छोरासँग कुरा गर्दै पाण्डेले भन्छन्, ‘सानु, मेरो आँखाको बाबु, म तिमीलाई धेरै माया गर्छु। बाबा अलवेज लभ्स यू।’



    त्यसपछि उनले छोरालाई सम्झाउँछन्, ‘सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न।’ उनले छोरालाई कसैलाई ‘चिट र फ्रड’ नगर्नू पनि भनेका छन् ।

    भवनभित्र धुवाँभरिएपछि उद्धारमा समस्या भएको थियो भने विद्युत् बन्द हुँदा ढोकामा रहेको विद्युतीय प्रणाली बन्द हुँदा मानिसहरु बाहिर निस्कन नसकी झ्यालबाट हाम फालेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार