Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढ्यो : बालकृष्ण खाँण

    नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढ्यो : बालकृष्ण खाँण

    अनलाइन नेपाल
  • शनिबार, १६ पुष २०७९
  • 720
    SHARES

    रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको बताएका छन् ।

    बिपी कोइराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीले आज मेलमिलाप दिवसको सन्दर्भमा बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले यस्तो बताएका हुन् ।



    कांग्रेसकै सरकार गठनको चरणमा रहँदा अन्तर्राष्ट्रिय प्रभावले आफूहरूलाई प्रतिकुलतामा पुराएको उनले बताए ।खाँणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको दावी गर्दै बाह्य हस्तक्षेप र प्रभावकै कारण नेपाली कांग्रेसलाई प्रतिकुलतामा पुर्‍याएको बताए।



    उनले संसदको ठूलो दल भएपनि प्रतिकुलताकै कारण सत्ता बाहिर रहनुपरे पनि अबको ध्यान पार्टीलाई सुदृढ र सक्षम राजनीतिक शक्तिको रूपमा स्थापित गर्नु रहेको बताए।

    उनले राजनीतिक रूपमा आउने उतारचढावबाट आत्तिने र मात्तिने नभइ कमी कमजोरीहरूलाई सच्चाएर अगाडि बढ्नुपर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार