Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • अमेरिकाभरि संघीय सरकारका उपकरणहरूमा टिकटक प्रतिबन्ध

    अमेरिकाभरि संघीय सरकारका उपकरणहरूमा टिकटक प्रतिबन्ध

    अनलाइन नेपाल
  • आइतबार, १७ पुष २०७९
  • 561
    SHARES

    एजेन्सी । टिकटकलाई ‘उच्च जोखिम’ सुरक्षा चिन्ताको रूपमा उद्धृत गर्दै चिनियाँ एपलाई अमेरिकाभरि सबै संघीय सरकारका उपकरणहरूमा प्रतिबन्ध लगाइएको छ ।

    अपवादको रूपमा कानून प्रवर्तन र राष्ट्रिय सुरक्षा एजेन्सीहरूले यो एपलाई सुरक्षा अनुसन्धान उद्देश्यका लागि विशेष अवस्थामा प्रयोग गर्न सक्नेछन् ।



    यस निर्णयको अर्थ भनेको झन्डै ४० लाख सरकारी कर्मचारीहरूले टिकटकलाई अनिवार्य रूपमा मोबाइल उपकरणहरू र उनीहरूलाई जारी गरिएका अन्य ग्याजेटहरूबाट हटाउनुपर्ने हुन्छ ।



    बाइडेनको भर्खरै हस्ताक्षर गरिएको १ दशमलब ७ ट्रिलियन खर्च बिलमा बाइटडान्सको स्वामित्वमा रहेको एपलाई निषेध गर्ने प्रावधान समावेश छ । सरकारको निर्णयको टिकटकका प्रवक्ताले विरोध गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार