Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • अब तीन महिनाका लागि पनि श्रम स्वीकृति

    अब तीन महिनाका लागि पनि श्रम स्वीकृति

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 942
    SHARES

    काठमाडौं । सरकारले अब तीन महिनाका लागि पनि श्रम स्वीकृति दिने भएको छ। दुई वर्षको मात्रै श्रमस्वीकृति दिइरहेको सरकारले अब तीन महिनादेखि एक वर्षको लागि श्रम स्वीकृति दिने भएको हो।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले मौसमी कामदारको माग अत्यधिक आएकाले मौसमी कामदार व्यवस्थापन निर्देशिका बनाएर पठाउन लागिएको बताए।



    वैदेशिक रोजगारीका गन्तव्य मुलुकमा प्राप्त हुन सक्ने मौसमी प्रकृतिका कामका लागि श्रमिक पठाउन लागिएको हो। छोटो अवधिको वैदेशिक रोजगारलाई सुरक्षित, कम खर्चिलो, मर्यादित र व्यवस्थित बनाउन निर्देशिका जारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले वैदेशिक रोजगार नियमावली २०६४ को नियम ५२ क को उपनियम (१) को अधिकार प्रयोग गरी निर्देशिका बनाएको हो।

    ऐनको दफा ३ र ६ अनुकूल हुने गरी सरकारले द्विपक्षीय श्रम सम्बन्ध स्थापना गर्न सक्ने जनाइएको छ। नेपाली नागरिकले मौसमी रोजगारीको लागि वैदेशिक रोजगार प्राप्त गर्न सक्ने देखिएमा मन्त्रालयले सम्बन्धित मुलुकको सरकारसँग छलफल गर्ने निर्देशिकामा उल्लेख छ। अन्नपूर्ण पोस्टबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार