Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • प्रतिनिधि सभा सदस्य माया र प्रेमले आज शपथ लिँदै

    प्रतिनिधि सभा सदस्य माया र प्रेमले आज शपथ लिँदै

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । शपथ लिन छुटेका प्रतिनिधि सभा सदस्यद्वय प्रेम आले र माया राईले आज शपथ लिँदैछन्।

    उनीहरुको शपथग्रहण आज दिउँसो साढे १२ बजे सिंहदरबारमा हुने संघीय संसद सचिवालयले जनाएको छ ।



    आले पारिवारीक शोकमा र राई अस्पतालमा भर्ना भएका कारण सो दिन शपथ लिन सकेका थिएनन् ।

    सभामुख चयन हुन बाँकी नै रहेकाले उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाउने छन् ।

    पुस ७ गतेको शपथ ग्रहण गर्न छुटेका महिन्द्र राय यादव र रामकुमार राईले भने पुस ८ गते शपथ ग्रहण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार