Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • भारतीय रुपैयाँ १० वर्षयताकै कमजोर, एसियामै सबैभन्दा खराब

    भारतीय रुपैयाँ १० वर्षयताकै कमजोर, एसियामै सबैभन्दा खराब

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 999
    SHARES

    काठमाडौं । गएको वर्ष अर्थात् सन् २०२२ मा भारतीय रुपैयाँ १० वर्षयताकै कमजोर बनेको छ । गएको वर्ष अमेरिकी डलरको तुलनामा भारु ११ प्रतिशतभन्दा धेरैले कमजोर बनेको हो ।

    सन् २०२२ मा भारतीय मुद्रा सन् २०१३ यताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको हो । एसियाका मुद्राहरूमध्ये भारुको अवस्था सबैभन्दा कमजोर बनेको पनि भारतीय रिजर्भ बैंकलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।



    २०२१ को अन्तिम दिन एक अमेरिकी डलरको मूल्य ७४ रुपैयाँ २९ पैसा थियो भने २०२२ को अन्तिम दिन ८२ रुपैयाँ ६१ पैसा पुगेको थियो । यसरी एक वर्षभित्रै डलरको तुलनामा भारु आठ रुपैयाँ ३२ पैसाले कमजोर भएको छ ।



    विदेशी मुद्रा बजारमा अस्थिरता, रुस–युक्रेन युद्धका कारण विश्वमा कच्चा तेल महँगो र महँगीका कारण भारु कमजोर भएको विज्ञहरूले बताएका छन् । अमेरिकी डलर सन् २०१५ यताकै बलियो स्थितिमा देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार