Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • उडिरहेको विमानमा यात्रुले अर्का यात्रुमाथि पिसाब फेरेपछि…

    उडिरहेको विमानमा यात्रुले अर्का यात्रुमाथि पिसाब फेरेपछि…

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 1.3K
    SHARES

    फाइल फोटो

    एजेन्सी । भारतको एयर इन्डिया विमानको बिजनेस क्लासमा रक्सी टिल्ल परेका एक यात्रुले महिला सहयात्रीमाथि पिसाब फेरिदिएको घटना सार्वजनिक भएको छ ।

    घटना मंसिर १० गते भएको हो तर अहिले आएर मात्र सार्वजनिक भयो । विमान अमेरिकाको न्युयोर्कबाट भारतको नयाँ दिल्ली जाँदै गर्दा यो घटना भएको हो ।



    एयर इन्डिया आफैंले यस घटनाको छानबिनका लागि आन्तरिक समिति गठन गरेको थियो । समितिले ती पुरुष यात्रुलाई कहिल्यै पनि एयर इन्डियाको विमान चढ्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।



    घटनालाई एक सरकारी समितिले पनि छानबिन गरिरहेको र त्यसको निर्णय आफूहरूले कुरिरहेको एयर इन्डियाकाले बताएको छ।

    भारतको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले एयरलाइनबाट प्रतिवेदन मगाइएको र अपराध गर्नेविरुद्ध कारवाही चलाउने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार