Online Nepal
  • बुधबार, ७ साउन २०८२
  • सुदूरपश्चिम कांग्रेस दलको नेता चयन गर्न निर्वाचन समिति गठन

    सुदूरपश्चिम कांग्रेस दलको नेता चयन गर्न निर्वाचन समिति गठन

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 987
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलको नेता दलको नेता छान्न ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

    प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा तयार गरिएको निर्वाचन समितिमा अर्का उपसभापति जनक राज चौधरी सदस्य रहेका छन् । त्यस्तै समितिमा महामन्त्री नरनारायण शाह मनु, प्रदेश सदस्य सुरत रावत र रामबहादुर देउवा सदस्य छन् ।



    प्रदेश सभापति वीर बहादुर बलायरले एक विज्ञप्ति जारी गरि संसदीय दलको नेता एवम् संसदीय दल कार्य समितिको निर्वाचन सम्पन्न गर्न समिति गठन गरिएको जानकारी दिएका छन्।

    यहाँ कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवासहित बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कमलबहादुर शाह, मेघराज खड्का, मानबहादुर रावल, शिवराज भटट्ले दलको नेतामा दाबी गरेका छन् ।

    अघिल्लो प्रदेशसभा निर्वाचनमा तेस्रो स्थानमा रहेको काँग्रेस अहिले प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ ७ सहित जम्मा १९ सिटसहित पहिलो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार