Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • सेयर बजारमा उछाल, ६४ अंकले बढ्दा साढे ३ अर्ब रुपैयाँको कारोबार

    सेयर बजारमा उछाल, ६४ अंकले बढ्दा साढे ३ अर्ब रुपैयाँको कारोबार

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 519
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबारको कारोबारमा उल्लेख्य बढेको छ।

    बुधबारको कारोबारमा बजार ६४.८७ अंकले बढेको हो । साताको सुरुवाती दुई दिन बढेको बजार मंगलबार सामान्य करेक्सन भएको थियो।



    सबै समूहको शेयर बढेर हरियाली बनेको शेयर बजारमा आज उत्पादन, माइक्रोफाइनान्स, बीमा र विकास बैंकको शेयर उच्च अङ्कले बढेको छ ।



    बुधबार २५८ धितोपत्रको ५७ हजार ३१२ वटा कारोबारबाट ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँको भएको छ ।

    साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, हिमालयन डिस्ट्रिलरी, कालिका लघुवित्त, मिरमिरे लघुवित्त, किसान लघुवित्त, नदिप लघुवित्त, पिपुल्स पावर लिमिटेड, खप्तड लघुवित्त र कालिका पावर कम्पनीको सेयर मूल्यले सर्किट लेभलमा कारोबार गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार