Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • अभिनेत्री उपासना फिल्म ‘हात्तीछाप’ को मुख्य भूमिकामा अनुबन्धित

    अभिनेत्री उपासना फिल्म ‘हात्तीछाप’ को मुख्य भूमिकामा अनुबन्धित

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 603
    SHARES

    काठमाडौं । ‘दुई नम्बरी’ फेम्ड निर्माताको आगामी फिल्म हात्तीछापमा अभिनेत्री उपासना सिंह ठकुरी पनि मुख्य भूमिकामा  अनुबन्धित भएकी छन् ।

    निर्माता किरण नेपाली र अभिनेत्री ठकुरीबीच बुधबार लिखित सहमति भएको छ । फिल्मका लागि उपासनाले १० लाख रुपैयाँ पारिश्रमिक मागेकी थिइन् ।



    निर्माता नेपालीले पारिश्रमिक नखुलाए पनि उनको अघिल्लो फिल्म ‘दुई नम्बरी’मा उपासनाले लिएको ६ लाख रुपैयाँभन्दा बढी रहेको अनुमान गरिएको छ ।



    फिल्ममा यसअघि सौगात मल्ल, दयाहाङ राई, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे लगायत अनुबन्धित भइसकेका छन् ।

    ‘दुई नम्बरी’का निर्माता नेपालीले ‘हात्तीछाप’ बनाउन लगेका हुन् ।

    फिल्ममा प्रदीप भारद्वाजको लेखन रहेको छ भने यसलाई सिमोश सुनुवारले निर्देशन गर्दैछन् ।

    सामाजिक कथावस्तुमा निर्माण हुने यो फिल्मको छायांकन चैत्रबाट सुरु गर्ने योजनामा निर्माण पक्ष छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार