Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • मन्त्रालय फुटाउने र उपप्रधानमन्त्रीको संख्या बढाउने काम जनचाहना विपरीत : भीम रावल

    मन्त्रालय फुटाउने र उपप्रधानमन्त्रीको संख्या बढाउने काम जनचाहना विपरीत : भीम रावल

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 630
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले सत्ता स्वार्थमा मन्त्रालय फुटाएर संख्या बढाउने र उपप्रधानमन्त्रीको संख्या बढाउने काम सुशासन र जनचाहना विपरित भएको टिप्पणी गरेका छन् ।

    बुधबार राति सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता रावल यस्तो टिप्पणी गरेका हुन् ।



    उनले यो सरकारलाई शान्ति प्रक्रियाको संक्रमणकालको अभ्यास गर्ने छुट नभएको पनि बताए ।



    उनले लेखेका छन्, ‘नेपालको संविधान जारी भएपछि दोस्रो आम निर्वाचन पछिको यो सरकारलाई शान्ति प्रक्रियाको संक्रमण कालको अभ्यास गर्ने छुट छैन । अतः सत्ता स्वार्थमा मन्त्रालय फुटाएर संख्या बढाउने र उपप्रधानमन्त्रीको संख्या बढाउने काम सुशासन र जनचाहना विपरीत छ। आफैले लगाएका चर्का नाराको सम्झना गर्ने कि ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार