Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सेन्सर बोर्डको निर्देशनपछि काटिने भयो पठानका १० दृश्य र केही संवाद

    सेन्सर बोर्डको निर्देशनपछि काटिने भयो पठानका १० दृश्य र केही संवाद

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 792
    SHARES

    एजेन्सी । भारतीय अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’ रिलिजअघि नै विवादमा फसेको छ ।

    बढ्दो विवादलाई ध्यानमा राख्दै भारतीय सेन्सर बोर्ड अफ फिल्म सर्टिफिकेशन (सीबीएफसी) ले फिल्मका करिब १० वटा दृश्य परिवर्तन गर्न निर्देशन दिएको छ ।



    भारतीय सञ्चार माध्यमका अनुसार बोर्डले १० वटा दृश्य परिवर्तनका साथै केही संवादलाई पनि परिवर्तन गर्न निर्देशन दिएको छ ।



    सिद्धार्थ आनन्दद्वारा निर्देशित  फिल्मको पहिलो गीत रिलिज भएदेखि फिल्म विवादमा परेको हो ।

    फिल्ममा भएको ‘बेशरम रंग’ बोलको गीतमा धेरैले आपत्ति जनाएका छन् भने केहीले दीपिकाले उक्त गीतमा लगाएको बिकिनीको रंगलाई लिएर आपत्ति जनाएका छन् ।

    सोही गीतका कारण फिल्मलाई प्रतिबन्ध लगाउन भारतको विभिन्न ठाउँमा माग भइरहेको छ । शाहरुख र दीपिका लगायत फिल्मको टिमविरुद्ध उजुरी दर्ता समेत भएको थियो । यी विवादका कारण सेन्सर बोर्डले यस्तो निर्णय गरेको हो ।

    जनवरी २५ मा रिलिज हुने यस फिल्ममा शाहरुख र दीपिकासँगै जोन अब्राहम पनि मुख्य भूमिकामा देखिनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार