Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रधानमन्त्री प्रचण्ड भन्छन् – प्रेस स्वतन्त्रताप्रति सरकार संवेदनशील छ

    प्रधानमन्त्री प्रचण्ड भन्छन् – प्रेस स्वतन्त्रताप्रति सरकार संवेदनशील छ

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 516
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति संवेदनशील रहेको बताएका छन् ।

    प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले सरकार पत्रकार महासङ्घसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । प्रधानमन्त्री दाहालले मुलुकका लागि केही नयाँ गर्ने सङ्कल्पसहित प्रधानमन्त्रीको जिम्मेवारी लिएको उल्लेख गर्दै आफ्नो कार्यकालमा कुनै पनि नराम्रो काम हुन नदिन सचेत रहेको बताए ।



    भेटमा महासङ्घका अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले प्रधानमन्त्री दाहालको तेस्रो कार्यकाल सुशासन, विकास र समृद्धिका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका दृष्टिले अनुकरणीय रहन सकोस् भनी शुभकामना व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार