Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रहरी कार्यालयबाट भागेका थुनुवा पक्राउ, सुरक्षामा खटिएका प्रहरीमाथि अनुसन्धान

    प्रहरी कार्यालयबाट भागेका थुनुवा पक्राउ, सुरक्षामा खटिएका प्रहरीमाथि अनुसन्धान

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 1.2K
    SHARES

    स्याङ्जा । स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङबाट भागेका थुनुवा पक्राउ परेका छन् ।

    पुस १८ गते साँझ करिब ५ बजे फरार भएका वालिङ नगरपालिका ७ का २३ वर्षीय रमेश क्षेत्रीलाई वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक बिनोद सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले वालिङकै वडा नं. ४ चियारेबाट दुई दिनपछि पक्राउ गरेको हो ।



    नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा वालिङ नगरपालिका ७ का २३ वर्षीय रमेश क्षेत्री पुस १० गते पक्राउ परेका थिए । पुस १८ गते दोस्रो पटक म्याद थपका लागि अदालत लगेर हिरासतमा राख्ने क्रममा उनी हतकडी फुत्काएर भागेका थिए ।



    प्रहरी कार्यालयको बार नाघेर भागेका उनलाई लखेट्ने क्रममा प्रहरी हवल्दार हिरा सुनार घाइते भएका थिए । उनलाई दुई दिनपछि बुधबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ छ । पक्राउ परेका फरार अभियुक्त क्षेत्रीलाई पुन वडा प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    प्रहरी कार्यालयबाटै जजक अभियोगी क्षेत्री फरार भएपछि निजको सुरक्षाका लागि त्यहाँ खटिएका प्रहरीलाई अनुसन्धान गरिएको छ । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जजक अभियोगी क्षेत्रीको सुरक्षामा खटिएका सबै प्रहरी कर्मचारीलाई अनुसन्धान थालिएको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार