Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रहरीकै सामुन्ने कानून मन्त्रीका भतिजा सौरभले पोखरामा मच्चाए बबण्डर

    प्रहरीकै सामुन्ने कानून मन्त्रीका भतिजा सौरभले पोखरामा मच्चाए बबण्डर

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 1.7K
    SHARES

    पोखरा । रवी लामिछाने उपप्रधानसहित गृहमन्त्री बने लगत्तै प्रहरीमा कुनै पनि राजनीतिक दबाब हावी हुन नदिने बताएका थिए । शान्ति सुरक्षा र सुसाशन कायम गर्न प्रहरीलाई चुस्त बनाउने रवीको योजानामाथि गण्डकी प्रदेश सरकार भने हावी भएको छ ।

    गण्डकी प्रदेशका कानून, सञ्‍चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाको दबाबमा मापसे सेवन गरेर जथाभावी सवारी चलाएका उनका भतीजालाई कास्की प्रहरीले छाडेपछि रवीको योजनामा तुषारापात लागेकोे छ ।



    गएराती पोखराको लेकसाइडमा बबण्डर मच्चाएका विन्दुकुमार थापाका भतिजा सौरभ थापा पक्राउ परे लगत्तै छुटेका हुन् । सौरभ विन्दुका भाई ध्रुव थापाका छोरा हुन् । मादक पदर्थ सेवन गरेर सवारी साधन चलाएका उनले पार्किङमा राखेको सवारी साधनलाई ठक्कर दिनेदेखि प्रहरीबाट बच्न तीव्र गतिमा सवारी चलाएको भागेको एक प्रत्यक्षदर्शीले बताए ।



    सौरभ थापाले चलाएको सवारीसाधनले लेकसाइडको खहरेचोकमा रहेको क्याटवाक क्लवको पार्किङमा राखेको कारलाई समेत ठक्कर दिएको थियो ।

    सडकमा जथाभावी सवारी चलाएको थाहा पाउने वित्तिकै उनलाई पक्राउ गर्न प्रहरी गएपनि उनी भने फरार भएका थिए । तर, थापासँग रहेका उनका तीन जना साथीलाई भने प्रहरीलले विहिबार बेलुका नै पक्राउ गरिसकेको थियो । पक्राउ परेकाहरुमाथि क्लवमा होहल्ला गरेको आरोप छ ।

    रक्सीले मातेर सवारी चलाएका सौरव थापालाई भने बैदाम प्रहरीले आज दिउसो पक्राउ गरेको हो । थापा पक्राउ पर्ने वित्तिकै उनलाई छाड्न कास्की प्रहरीमाथि ठूलो दबाब परेको थियाे । यद्यपी कास्की प्रहरीले भने कुनै दबाब नआएको जनाएको छ ।

    कास्की प्रहरी प्रमुख एसपी अजय केसीले सौरभ थापा पक्राउ परेको पुष्टि गरे । थापालाई छाड्न प्रहरीमा दबाब आएको रहेछ नि ? भन्ने अनलाइन नेपालको प्रश्नमा एसपी केसीले भने–‘बैदाम प्रहरीले उहाँमाथि अनुसन्धान गरिरहेको छ । प्रहरीलाई कही कतैबाट पनि दबाब आएको छैन ।’

    इलाका प्रहरी कार्यालय बैदमले पनि कुनै दबाब नआएको जनाएको छ । बैदामका प्रहरी निरीक्षक हरी पौडेलले थापाले चलाएको गाडी ब्याक गर्दा अर्को सवारीमा ठोक्किएको र पीडित पक्षले मिल्छौ भनेपछि छाडिएको बताए ।’

    ‘पीडित पक्षले नै प्रहरी कार्यालयमा आएर हामी मिल्छौ छाडिदिनु भनेपछि हामीले छाडेका हौं ।’ उनले थप भने ।  थापामाथि मापसे गरेर सवारी चलाएको आरोप पनि लागेको छ नि ? भन्ने प्रश्नमा इन्सपेक्टर पौडेलले भने–‘मापसे गरेर तिव्र गतिमा सवारी चलाएको भए उहाँलाई त्यहि अनुसार कारबाही हुन्थ्यो । पक्राउ पर्दाको वखत मापसे गरेको पाइएन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार