Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • उत्तर प्रदेशमा शीतलहर : हृदयाघातका कारण एकैदिन २२ जनाको मृत्यु

    उत्तर प्रदेशमा शीतलहर : हृदयाघातका कारण एकैदिन २२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २३ पुष २०७९
  • 543
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको उत्तर प्रदेशमा शीतलहरबाट सिर्जित चिसोले एकैदिन हृदयाघातका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

    मृतकहरू उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिमस्थित कानपुरका बासिन्दा भएको बताइएको छ ।



    लक्ष्मीपत सिंघानिया इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड कार्डियाक सर्जरी (एलपीएस इन्स्टिच्युट अफ कार्डियोलोजी) कानपुरले जारी गरेको तथ्यांकानुसार बिहीबार अस्पतालको आकस्मिक तथा बहिरंग विभाग (ओपीडी) मा ७२३ जना मुटुका बिरामी आएका थिए ।



    तीमध्ये अस्पतालमा सातजनाको उपचारकै क्रममा मृत्यु भएको र १५ जना अस्पताल नआइपुग्दै मृत घोषणा गरिएको थियो ।

    अस्पतालका डाक्टरहरूले कानपुरमा फैलिएको शीतलहरका कारण रक्तचापमा अचानक वृद्धि भएको र त्यसले हृदयाघात निम्त्याएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार