Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • जनकपुर र विराटनगरबाट आजदेखि श्रम स्वीकृति

    जनकपुर र विराटनगरबाट आजदेखि श्रम स्वीकृति

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 747
    SHARES

    काठमाडौं । जनकपुर र विराटनगरबाट आजदेखि श्रम स्वीकृति लिन सकिने भएको छ ।

    मन्त्रिपरिषद्ले यही पुस ११ गते गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा आजदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि यी कार्यालयबाट पुनः श्रम स्वीकृति मात्रै हुँदै आएको थियो ।



    यस्तै श्रम तथा रोजगार कार्यालय सुर्खेत र धनगढीबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुन्छ ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पुस ११ गते गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा आजदेखि विराटनगर र जनकपुरबाट श्रम स्वीकृत लिन सकिने भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए ।

    यो सँगै सात वटै प्रदेशबाट सबै खाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार