Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • सर्वसाधारणको लागि माघ ३ गतेदेखि आइपिओ जारी गर्दै कालिञ्चोक दर्शन

    सर्वसाधारणको लागि माघ ३ गतेदेखि आइपिओ जारी गर्दै कालिञ्चोक दर्शन

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 879
    SHARES

    फाइल फोटो

    काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

    आउँदो माघ ३ गतेदेखि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका आठ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।



    कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँबराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्ट्याएको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात् एक लाख आठ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।

    सर्वासाधारणलाई छुट्ट्याइएको मध्ये पाँच प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । दुई प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीका लागि छुट्ट्याइएको छ ।

    सर्वसाधारणले बाँकी आठ लाख ९६ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    उक्त आइपिओ छिटोमा माघ ६ गतेसम्म बिक्री खुला रहनेछ भने छिटोे अवधिमा मागबमोजिम आवेदन नपरेमा ढिलोमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ।

    आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार