Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सेयर बजार २० अंकले बढ्यो, ५ अर्ब ४५ करोड रुपैयाँको कारोबार

    सेयर बजार २० अंकले बढ्यो, ५ अर्ब ४५ करोड रुपैयाँको कारोबार

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 522
    SHARES

    फाइल फोटो

    काठमाडौं । सेयर बजार आज आइतवार २० अङ्कभन्दा धेरैले बढेको छ ।

    सेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६८ अङ्कले बढेर दुई हजार एक सय ६४ दशमलव ६२ विन्दुमा पुगेको छ ।



    यस्तै कारोबार रकममा पनि उच्च बढोत्तरी भएको छ । आज २५९ कम्पनीको ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड ४१ लाख कित्ता सेयर ७५ हजार ४६५ पटकमा खरिद बिक्री भएको छ।



    बजार २० अंकले बढ्दा कारोबार भएका १३३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ कम्पनीको सेयर मूल्य घटेको छ।

    समग्रमा बजार बढे पनि बुद्धभूमि हाइड्रो, विन नेपाल लघुवित्त र सृजनशील लघुवित्त कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

    खप्तड लघुवित्त र बाराही हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार