Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • रावल सुदूरपश्चिमको मुख्यमन्त्री बन्दै, खगराज भन्छन् – गठबन्धनको निर्णयप्रति पूर्ण समर्थन छ

    रावल सुदूरपश्चिमको मुख्यमन्त्री बन्दै, खगराज भन्छन् – गठबन्धनको निर्णयप्रति पूर्ण समर्थन छ

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 717
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्रसिँह रावल बन्ने सुनिश्चित भएको छ । सत्तारूढ गठबन्धन दलहरूबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएपछि एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रावल मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।

    सत्तारूढ दलहरूबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भएको हो ।



    पहिले एमालेले प्रदेश सरकारको नेतृत्व गर्नेछ । उनका अनुसार सुदूरपश्चिममा पहिलो चरणमा एमालेको मुख्यमन्त्री हुनेछ। एमाले संसदीय दलको नेता रावल सुदूरपश्चिमको साढे २ वर्षका लागि मुख्यमन्त्री हुनेछन्।



    माओवादीले दोस्रो चरणमा मुख्यमन्त्री पाउनेछ। माओवादीका दलका नेता खगराज भट्ट साढे २ वर्षपछि सुदूरपश्चिमको मुख्यमन्त्री हुनेछन् । यता माओवादी सुदूरपश्चिम संसदीय दलका नेता भट्टले गठबन्धनका शीर्ष नेताहरुले सर्वसम्मतीका आधारमा गरेको भागबण्डाको निर्णयप्रती पुर्ण समर्थन रहेको प्रतिक्रिया दिएका छन् ।

    ‘पार्टी नेतृत्वले अन्तिम सम्म प्रयास गर्दा पनि पहिलो चरण हाम्रो भागमा नपरेको कुरालाई अन्यथा लिनु हुदैन्,’उनले भने,’अब प्रभावकारी सरकार निर्माण र कार्यसम्पादन,सशक्त पार्टी निर्माण र सुदृढ जन सम्बन्ध को बाटोमा लागौं ।’

    यस्तै गठबन्धनको भागबन्डाअनुसार सभामुख माओवादी केन्द्र र उपसभामुख नागरिक उन्मुक्ति पार्टीले पाउने सहमति छ।

    सत्तारुढ गठबन्धनबाट सुदूरपश्चिमको पहिलो कार्यकालको मुख्यमन्त्रीको दाबेदार एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई मानिएको छ । नागरिक उन्मुक्तिले गठबन्धनमा खटपट नगरे सहमतिअनुसार पहिलो कार्यकालको मुख्यमन्त्री रावल बन्ने निश्चित छ ।

    ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धन भित्र माओवादीका ११, एमालेका १० नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् ।

    सरकार गठनका लागि २७ सांसद आवश्यक पर्ने गठबन्धनका दलहरूबीच सहमति जुट्ने अवस्थामा २९ सांसद पुग्छन् । तर नागरिक उन्मुक्ति पार्टी आफूहरुले उठाउँदै आएको रेशम चौधरीसहित राजबन्दी रिहाइको माग मुद्दा सम्बोधन नभएसम्म सरकार गठनमा कुनै सहयोग नगर्ने अडान लिँदै आएको छ ।

    आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले गरेको प्रदेश सरकार गठनको बाँडफाँटमा आफूहरुको कुनै सहमति नरहेको नागरिक उन्मुक्ति पार्टीका नेताहरुले स्पष्ट पारेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार