Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ४६ अंकले बढ्यो सेयर बजार, ५ अर्ब ३१ करोड रुपैयाँको कारोबार

    ४६ अंकले बढ्यो सेयर बजार, ५ अर्ब ३१ करोड रुपैयाँको कारोबार

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 579
    SHARES

    फाइल फोटो

    काठमाडौं । लामो समयपछि नेप्से परिसूचक २२ सय बिन्दुमाथि पुगेको छ।

    आज नेप्से परिसूचक ४७.७६ अंकले बढेर २२११.३८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ८.६१ अंकले बढेर ४१९.८४ विन्दुमा अडिएको छ।



    आज होटलबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, विकास बैंक र निर्जीवन बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।



    आज दुई सय ५७ वटा कम्पनीका एक करोड ४६ लाख ७६ हजार कित्ता शेयर पाँच अर्ब ३१ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् ।

    सबैभन्दा धेरै रिडी पावर कम्पनीको २० करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज दर्जन बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार