Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • चीनको हेनान प्रान्तमा ९० प्रतिशत मानिसमा कोरोना संक्रमण

    चीनको हेनान प्रान्तमा ९० प्रतिशत मानिसमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । चीनको सबै भन्दा बढी जनसंख्या रहेको हेनान प्रान्तमा ९० प्रतिशत मानिसहरू कोरोना संक्रमित भएका छन् ।

    स्थानीय स्वास्थ्य अधिकारीहरुले पत्रकार सम्मेलनमा गरी सोही प्रान्तमा करिब ८ करोड ८५ लाख मानिस कोरोना संक्रमित भएको तथ्य सार्वजनिक गरेका हुन् ।



    गत डिसेम्बरमा शून्य कोभिड नीति त्यागे यता चीनमा कोरोना संक्रमितको संख्यामा अप्रत्याशित वृद्धि भइरहेको छ ।



    सरकारको कडा नीति अन्तर्गतका लकडाउन, क्वारेन्टिन र सामूहिक स्वास्थ्य परीक्षण विरुद्ध जनसमूहबाट अनपेक्षित विरोध प्रदर्शन सुरु भएपछि नरम नीति लिदा पुनः कोरोना संक्रमण दर बढेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार