Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • शाहरूख र दीपिका अभिनीत फिल्म ‘पठान’ को ट्रेलर सार्वजनिक (भिडिओ)

    शाहरूख र दीपिका अभिनीत फिल्म ‘पठान’ को ट्रेलर सार्वजनिक (भिडिओ)

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 795
    SHARES

    काठमाडौं । विवादले घेरिएको बहुप्रतिक्षित बलिउड फिल्म ‘पठान’को ट्रेलर सार्वजनिक भएको छ।

    निर्माण कम्पनी यश राज फिल्म्सको युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलर एक्सन र थ्रिलरले भरिपूर्ण छ।



    यो यशराज फिल्म्सको चौथो स्पाई युनिभर्सको फिल्म हो। यशराज फिल्म्स ब्यानरबाट बनेका एक था टाइगर, टाइगर जिन्दा है र वार स्पाई युनिभर्सका फिल्म हुन्।



    ट्रेलरमा शाहरुख खान र जोन अब्राहमबिचको टकराव र एक्सन दृश्यहरु रोचक देखिन्छन्।

    फिल्ममा सलमान खानले टाइगर नामक केमियो चरित्रमा समेत अभिनय गरेका छन् । साथै, दीपिका पादुकोणको एक्सन अवतार पनि ट्रेलरमा देख्न सकिन्छ।

    सिद्धार्थ आनन्दको निर्देशन र आदित्य चोपडाको निर्माण रहेको फिल्म माघ ११ गते बुधबार भारतसहित विश्वभर रिलिज तयारीमा छ । भारतीय स्वतन्त्रता दिवसको छेकोमा फिल्म आउन लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार