Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • निषेधित क्षेत्रमा उडान भरेपछि संखुवासभामा हेलिकप्टर प्रहरी नियन्त्रणमा

    निषेधित क्षेत्रमा उडान भरेपछि संखुवासभामा हेलिकप्टर प्रहरी नियन्त्रणमा

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 1.2K
    SHARES

    संखुवासभा । अनुमति बिना निषेधित क्षेत्रमा उडान गरेपछि प्रहरीले अल्टिच्युड एयरको हेलिकप्टर नियन्त्रणमा लिएको छ ।

    संखुवासभामा मंगलबार बिहान जेनेरेटर लिएर काठमाडौंबाट उडेको अल्टिच्युट एयरको ९ एन एएमएक्स हेलिकप्टर एक घण्टाका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।



    संखुवासभाको भोट खोला गाउँपालिकामा करिब १ घण्टा होल्ड गरेर सुरक्षा अधिकारीहरूले हेलिकप्टर काठमाडौं तर्फ फिर्ता पठाएका छन् ।



    खाँदबारीमा रोकेर भोटखोलाको हटिया लग्नुपर्ने थियो। तर उनले चेकिङ नगराइ सिधै भोटखोला लगेर ल्यान्ड गरेका थिए।

    भोट खोला निषेधित क्षेत्र भएको हुनाले अनुमति लिएर र खाँदबारीमा चेकजाँच गराएर जानुपर्नेमा सोझै गएको स्थानीय प्रशासनको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार