Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णालीले आज नयाँ मुख्यमन्त्री पाउँदै, दाबी पेस गर्दै माओवादीका राजकुमार

काठमाडौं । कर्णाली प्रदेशसभामा सरकारमा दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ । आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ ।

प्रदेश प्रमुख तिलक परियारले बुधबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आग्रह गरेका थिए ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नु पर्नेछ ।

माओवादीका संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने तयारीमा छन् । सत्तारुढ दलको सबैभन्दा ठूलो दल माओवादी केन्द्रले मुख्यमन्त्री दाबी गर्न लागेको हो ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस १४ सिटका साथ प्रतिपक्षमा बस्ने भएको छ। कर्णालीमा माओवादीका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक/एकजना छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077